एमालेका मन्त्रीले राजीनामा दिँदै

एमालेका मन्त्रीले राजीनामा दिँदै
सुन्नुहोस्

काठमाडौंः नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका आठ मन्त्रीले आज राजीनामा बुझाउने भएका छन् । नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै आठजना मन्त्रीले राजीनामा दिन लागेका हुन्।

एमालेबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री बिमला राई पौड्याल,रक्षामन्त्री हरिराज उप्रेती,स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिन लागेका हुन्।

यस्तै,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी,कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राइले राजीनामा बुझाएका हुन् ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिसकेका छन्। राप्रपा र रास्वपाले सरकारलाई दिएको समर्थनलाई भने निरन्तरता दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.