विकल्प नदिइ पार्किङ हटाएको भन्दै दरबारमार्गका पसल बन्द

विकल्प नदिइ पार्किङ हटाएको भन्दै दरबारमार्गका पसल बन्द
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं: पार्किङ गर्न नदिएको भन्दै दरबारमार्गका कार्यालय र पसल बन्द हुने भएका छन्। सोमबारको दरबारमार्ग विकास बोर्डको बैठकले पार्किङ हटाएपछि व्यवसाय सञ्चालनमा अवरोध भएको भन्दै सांकेतिक विरोध स्वरुप आज एक घण्टा दरबारमार्गका कार्यालय तथा पसल बन्द गर्ने निर्णय गरेको हो। 

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधरको अध्यक्षतामा बसेको बोर्डको बैठकले साढे चार बजेदेखि साढे पाँच बजेसम्म दरबारमार्गमा सांकेतिक विरोध गर्ने निर्णय गरेको हो। 

null

एक घण्टा कार्यालय तथा पसल बन्द गरेपछि दरबारमार्गस्थित सालिक अगाडि कोणसभा गरी खबरदारी गर्ने निर्णय भएको बोर्डले जनाएको छ। 

काठमाडौं महानगरले दरबारमार्ग र बागबजार क्षेत्रमा पार्किङ हटाएको भन्दै व्यवसायीले विरोध जनाएका हुन्। यी क्षेत्रमा पार्किङ हटाउँदा व्यवसायमा गम्भिर धक्का लागेको उनीहरूको आरोप छ। सडकमा भइरहेको अव्यवस्थित पार्किङ हटाएर सडक खुला बनाउन महानगर लागिपरेको छ। 

यसक्रममा कालीमाटी, कुलेश्वर, बागबजार, पुतलीसडक हुँदै उपत्यकाका विभिन्न सडकमा भइरहेको पार्किङ महानगरले पूर्णरूपमा बन्द गराएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.