गठबन्धनलाई पुन : स्थापित गर्ने संकल्प पूरा भयो, सरकारमा जाने मेरो दाबी छैन : उपसभापति खड्का

गठबन्धनलाई पुन : स्थापित गर्ने संकल्प पूरा भयो, सरकारमा जाने मेरो दाबी छैन : उपसभापति खड्का
फाइल तस्बिर।
सुन्नुहोस्

उपसभापति खड्काले गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन:स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै आफूले कुनै मन्त्रीको दाबी नगरेको बताएका हुन्।

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने घोषणा गरेका छन्। राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन भत्काएपछि कांग्रेस सरकारमा जाने तयारी गरेको छ। 

उपसभापति खड्काले गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन:स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै आफूले कुनै मन्त्रीको दाबी नगरेको बताएका हुन्। उनले कांग्रेसबाट सरकारमा कुरामा आफ्नो दाबी नभएको स्पष्ट पारेका छन् ।

‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुन : स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’खड्काले ट्वीटरमा लेखेका छन्, ‘मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसको विषय बनाएर मलाई अन्याय नगरि दिनुहोस्।’

यस अगाडि नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेको थियो । पछिल्लो समय उपप्रधानमन्त्रीसहित डा. आरजु राणाको नेतृत्वमा कांग्रेस सरकारमा जाने राजनीतिक वृतमा चर्चा छ। 

राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले-माओवादी केन्द्रसहितको सातदलीय गठबन्धन टुटेको छ। पुष १० गते बालकोट बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त सहमतिविपरीत प्रचण्डले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिएका छन्। बालकोटमा बनेको गठबन्धन तोडेर प्रचण्डले फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्। 

नयाँ गठबन्धन बनेसँगै राप्रपा तत्काल सरकारबाट बाहिरिएको थियो। एमालेले भने तत्काल सरकार नछाडी राष्ट्रपति निर्वाचन अर्थात् फागुन २५ गतेसम्म पर्खने रणनीति बनाएको थियो। ओलीले पुस १० को सहमति कायम रहेको र त्यहीअनुसार नेम्बाङलाई उम्मेदवार बनाएको बताएका थिए। तर, जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई कूटनीतिक सम्बन्धमा असर पर्ने गरी प्रधानमन्त्रीले रोके। उनले अन्य मन्त्रीलाई पनि विनाविभागीय बनाउने वा बर्खास्त गर्ने तयारी गरे। प्रधानमन्त्री प्रचण्ड राष्ट्रको बदनाम र पार्टीबाट गएका मन्त्रीलाई अपमान हुने काम गर्न थालेको भन्दै एमाले सोमबार सरकारबाट बाहिरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.