चर्को व्याजदरविरूद्ध डडेल्धुराका व्यापारी आन्दोलित

चर्को व्याजदरविरूद्ध डडेल्धुराका व्यापारी आन्दोलित
तस्बिर :धनबहादुर भण्डारी

डडेल्धुरा : बैंकको चर्को व्याजदरविरूद्ध डेल्धुरा सदरमुकामका व्यापारी आन्दोलित भएका छन् । आफ्नो व्यापार व्यवसाय नै बन्द गरी जिल्ला सदरमुकामका व्यापारी तथा उद्योगी बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलित भएका हुन् ।

उद्योग वाणिज्य संघ डडेल्धुराको अगुवाइमा सदरमुकाका व्यापारी,उद्योगी बजार बन्द गर्नुका साथै  ‘नो डिपोजिट’ कार्यक्रम समेत घोषणा गरेका छन् ।

null

कर्जा लिएका व्यक्तिलाई जानकारी नदिई बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उद्योग वाणिज्य संघ,वस्तुगत संघ,नागरिक समाज र उद्योगी व्यवसायी व्याजदरविरुद्ध लिखिएका प्लेकार्डहरू र नारा लगाउँदै सदरमुकाम परिक्रममासमेत गरेका थिए।

प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने,१७ गते बैंकमा धर्ना दिने,१८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थपआन्दोलनका कार्यक्रम तय गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराजभट्टले विरोध सभालाई सम्बोधन गर्नेक्रममा जानकारी दिए ।

null

लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरे पछि व्यवसाय  नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको वाध्यता रहेको वाणिज्य संघका निवर्तमान अध्यक्ष लोकराज भट्टले बताए । 

समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्‍ने आन्दोलित पक्षले जनाएको छ।

यस्तै डडेल्धुराको शिवशिखर सहकारीले संकलन गरेको निक्षेप नियम अनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि माग गरेका छन् । लामो समय कोभिडका कारण थला परेको व्यापार अहिले आउँदा लघुवित्त,सहकारी र बैंकले चर्को व्याज लिएर व्यापारीलाई मार्न खोजेको दुखेसो व्यवसायीले गरेका छन्।

चर्को व्याजदरविरूद्ध आन्दोलित व्यापारी। धनबहादुर भण्डारी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.