माझी समुदायले मनाए २२ वर्षपछि लदी पर्व

माझी समुदायले मनाए २२ वर्षपछि लदी पर्व
सुन्नुहोस्

लदी पर्वमा कोसी पुजा गरेपछि नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ।

धनकुटा : साँगुरीगढी गाउँपालिका–३ कुसेटारका सीमान्तकृत माझी समुदायले २२ वर्षपछि तमोर नदीमा पूजा गरेर लदी पर्व मनाएका छन्। लदी पर्व माझी समुदायको विशेष पर्व हो। यो समुदायको मानिसले हरेक वर्ष फागुनको साँहिली मंगलबार अर्थात् तेस्रो मंगलबारका दिन सो पर्वलाई विशेष 

रूपमा मनाउँछन्। 

माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुंगा (नाउ) मा मानिसलाई नदी तार्नु हो। सडक निर्माणसँगै नदीहरूमा पुल निर्माण भएपछि ती काम बन्द भएपछि लदी पूजा पनि बन्द भएको थियो। विशेष पर्वको रूपमा रहेको लदी पर्व बन्द हुँदा लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले ज्येष्ठ नागरिकसँगको सहकार्यमा यूवाहरूको अग्रसरतामा यस वर्षदेखि लदी पर्व मनाउन थालिएको स्थानीय यूवा नवीन माझीले बताए। 

कुसेटारमा माझी समुदायका २८ घरपरिवारको बसोबास छ। नदीमा माछा मार्दा र डुंगा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनी 

माझी समुदायले लदी पर्वको दिन कोसीमा विशेष पूजाआजा गर्ने चलन रहेको कुसेटारका ८२ वर्षीय पञ्चबहादुर माझीले बताए। उनका अनुसार यस क्षेत्रमा लदी पर्व बन्द हुनुको कारण मध्येका एक सशस्त्र द्वन्द्वकालीन समय पनि हो। द्वन्द्वका बेला यहाँ डुंगा चलाउन रोक भयो। तर, यसपटक स्थानीय युवाले पर्वबारे चासो राखे। हामीले पर्वबारे सबै सुनायौं। त्यसपछि युवाहरूले आफ्नै सक्रियतामा छलफल गरी लदी पर्व मनाएको ८२ वर्षीय माझीले बताए। 

उनले भने, ‘युवाले चासो नदिएको भए यस क्षेत्रबाट लदी पर्व लोप हुने अवस्थामा पुगेको थियो।’ 

२२ वर्षपछि लदी पर्व भव्यताका साथ मनाउँदा खुसी लागेको स्थानीय फूलमाया माझीले बताइन्। लदी पर्वमा कोसी पुजा गरेपछि नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ। वर्षात्को समयमा नदीले बर्सेनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ। त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नहोस् भनेर नदीको पूजा गरिन्छ। 

तमोर नदीको किनारमा ढुंगाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुंगोलाई पूजा गर्ने चलन छ। सामूहिक विशेष पूजाआजा गर्दै कोसीलाई बोका, कुखुरा र परेवाको बली दिन्छन्। लदी पूजामा आएका माझी समुदायले मौलिक पोसाक गुनियो चोली र फेटा इस्टकोटमा सजिएका थिए। चामलको पीठोबाट बन्ने गोलमाडी परिकार खाने चलन छ। 

तमोर गढको बस्तीमा समुदायको बाक्लो बसोबास छ। माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यक भएको महेन्द्र माझीले बताए। उनले लदी पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.