कोशी नाममाथि संशोधन दर्ता गर्न सांसदलाई दुई घण्टा
विराटनगर : प्रदेश १ को नामकरणका निम्ति बुधबार बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ। कोशी नाममाथिको प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर बैठक स्थगित गरिएको हो।
नेकपा एमाले र नेपाली कांग्रेसले गरेको कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको छ। नाममाथि संशोधन परेपछि त्यसमाथि पनि आवश्यक छलफल हुनेछ। नभए कोशी नाम पारितका निम्ति निर्णयार्थ सदनमा पेस हुनेछ।