जानकी मन्दिरमा धार्मिकबाहेक अन्य गतिविधिमा रोक

जानकी मन्दिरमा धार्मिकबाहेक अन्य गतिविधिमा रोक
सुन्नुहोस्

जनकपुरधाम : विश्व सम्पदा सूचीमा सूचीकृत हुन लागेको जानकी मन्दिर परिसरमा कार्यक्रमहरूको आयोजना गर्न पूर्णरूपले निषेध गरिएको छ। 

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय सर्वदलीय बैठकबाट मन्दिर परिसरमा जानकी मन्दिर स्वयंले आयोजना गर्ने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरिएको छ।

जानकी मन्दिर स्वयंले मन्दिर परिसरमा परम्परागत ऐतिहासिक, धार्मिक तथा धार्मिक महत्वको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव, रामनवमी, जानकी नवमीजस्ता धार्मिक कार्यक्रमहरू बाहेक अन्य कुनैपनि संघ संस्था तथा व्यक्ति विशेषले कार्यक्रम, सभा सेमिनार लगायत अन्य गर्न नपाइने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। 

उनले भने, ‘जानकी मन्दिर परिसरमा कार्यक्रमहरूको आयोजना गर्दा मन्दिर फोहर हुन्छ। साथै सुरक्षा चुनौती पनि बढ्छ। त्यसैले जानकी मन्दिरको धार्मिक कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रम हुन नहुने अभिप्रायका साथ रोक लगाइएको हो।’

त्यस्तै, मिथिला माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरूको स्वागतका लागि नगरका विभिन्न स्थानमा स्वागतद्वार बनाउने, अन्तरगृह परिक्रमाका दिन नगरभित्र सवारी साधन सञ्चालनमा पूर्णरूपले रोक लगाउने, बिजुलीका पोलहरूमा बत्ती जडान गर्ने लगायतका निर्णयहरूसमेत भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए।

माध्यमिकी परिक्रमामा मिथिला बिहारीको डोला र किशोरी जीको डोला फागुन २२ र २३ गते जनकपुरधाम क्षेत्रभित्र प्रवेश हुने भएकाले परिक्रमा सडक तथा पडावस्थलको १ किलोमिटर वरपरको क्षेत्रमा माछामासु एवम् मदिराजन्य पदार्थ खरिद बिक्री तथा सेवन गर्नसमेत निषेधित गर्ने निर्णय गरिएको छ।

बैठकले एक हप्ताभित्र लक्ष्मण मन्दिरको सटरहरू खाली गराई त्यस ठाउँमा फूलमाला र प्रसादको पसलमात्र राख्ने निर्णयसमेत भएको छ।

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.