संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुने गठबन्धनको निर्णय

संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुने गठबन्धनको निर्णय
सुन्नुहोस्

काठमाडौं: सत्ता साझेदार दलको नयाँ गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध एक जुट हुने निर्णय गरेको हो। 

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनमा साझेदार ९ दलले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुने निर्णय गरेको जानकारी दिएका छन्। 

विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको सार्थक कार्यान्वयनको क्रममा मूलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छ। संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा हामी स्पष्ट र एकताबद्ध छौं।'

संक्रमणकालिन न्यायका विषयमा उठेको बहसले पनि गठबन्धनको ध्यानाकर्षण भएको ९ दलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

'शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरुप तार्किक निस्कर्षमा पुऱ्याउन हामी प्रतिबद्ध छौं,' विज्ञप्तिमा भनिएको छ, 'विगतमा सम्बन्धित विषयमा कानून निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको सर्वविदितै छ। यसबारे बाँकी कामहरु अविलम्व पूरा गरिनेछन्।'

द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गर्ने गठबन्धन दलको बैठकले निर्णय गरेको छ। 

कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोग गठन गरिने गठबन्धन दलले निर्णय गरेका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.