सगरमाथा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

सगरमाथा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल
सुन्नुहोस्

सोलुखुम्बु : पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। 

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिनप्रति दिन बढ्न थालेको हो। 

फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो। 

अहिले दैनिक १०० को हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ। 

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवातजावत बढेको छ। हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिनप्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। 

पछिल्लो एक साता यता दैनिक २० वटासम्म उडान हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए। 

लुक्ला भित्रिने पर्यटकको चाप अधिक छ भने फर्कनको संख्या न्यून रहेको प्रमुख श्रेष्ठलेब बताए। उनले भने, ‘अहिले विमानको चाप बढेको छ, प्यासेन्जरको फ्लो पनि अधिक छ, खुम्बु भित्रिने ८० प्रतिशत बढी विदेशी नागरिक छन्। नेपाली कम छन्।’ 

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ। 

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ। ट्रेकिङ मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन्। 

केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन्। 

मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.