विस्तृत शान्ति सम्झौताको भावना विपरीतका कामको प्रतिवाद गर्ने पूर्वमाओवादी घटकको निर्णय
काठमाडौं: पूर्वमाओवादी घटक दलको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अघि बढ्ने निर्णय गरेको खड्गप्रकाश विश्वकर्माले जानकारी दिए।
त्यस्तै संक्रमणकालिन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउने समझदारी भएको छ। यी काम चाँडै सम्पन्न गराउन र कार्यान्वयनका लागि आवश्यक ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहने निर्णय गरेको छ।