सोलुखोला दुधकोशी जलविद्युत् आयोजनाको उद्घाटन

सोलुखोला दुधकोशी जलविद्युत् आयोजनाको उद्घाटन
सुन्नुहोस्

सोलुखुम्बु : निजी क्षेत्रको लगानीमा हालसम्मकै ठूलो ८६ मेगावट क्षमता सोलुखोला दुधकोशी जलविद्यूत आयोजनाको उद्घाटन गरिएको छ। 

साहस उर्जा कम्पनी लिमिटेडले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-११ तिङला र थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनमा निर्माण सम्पन्न गरेको आयोजनाको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।

आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङलास्थित लम्माने सबस्टेसनमा जोडिएको छ। विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको हो। 

सोलुखोलामा पानीको मात्रा कम रहेको कारण हाल ३० मेगावटसम्म विद्युत उत्पादन भएको आयोजना उत्पादक प्रवर्द्धक साहास उर्जाका प्रमुख हिम पाठकले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.