कीर्तिमानी पासाङ

कीर्तिमानी पासाङ
फाइल तस्बिर।
सुन्नुहोस्

२००९ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) को सफल आरोहण भएको थियो। त्यसको ३१ वर्षपछि मात्रै जापानी महिला जुनको तावेले सफल आरोहण गरिन्। त्यो अघि र त्यसको धेरै पछिसम्म पनि कुनै पनि नेपाली महिलाले सगरमाथा आरोहण गर्न सकेका थिएनन्।

सर्वोच्च शिखर सगरमाथाको साहसिक यात्रा गर्ने रहर कसको नहोला ? तर, पहिलो ‘दुस्साहस’ कसले गर्ने ? त्यो पनि चुलोचौकोमा सीमित महिलाबाट ? तर देशमा एउटा छोरी जन्मिएकी थिइन्, पासाङल्हामु शेर्पा। जसले आँट गरिन् र सगरमाथा चढेर कीर्तिमानी कायम गरिन्। 

२००९ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) को सफल आरोहण भएको थियो। त्यसको ३१ वर्षपछि मात्रै जापानी महिला जुनको तावेले सफल आरोहण गरिन्। त्यो अघि र त्यसको धेरै पछिसम्म पनि कुनै पनि नेपाली महिलाले सगरमाथा आरोहण गर्न सकेका थिएनन्। नेपाली नारी पासाङ ल्हामु शेर्पाले आँट गरिन् र सर्वोच्च शिखर चढ्ने पहिलो नेपाली महिला बन्न सफल भइन्।  

शेर्पा २०१५ साल मंसिर २५ गते सोलुखुम्बुको लुक्लामा जन्मिएकी थिइन्। पिता फुर्वा कितार शेर्पासँग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्। उनी सन् १९७९ देखि पूर्णरूपमा ट्रेकिङ पेसामा संलग्न भएकी थिइन्। पछि जब उनी ट्रेकिङ कम्पनीकी मालिक भइन्, उनको हिमालप्रतिको मोह बढ्दै गयो। यस क्रममा उनले माउन्ट चो ओयु, याला पिक, पिसाङ र माउन्ट ब्लांकजस्ता देश तथा विदेशका केही हिमालको आरोहणसमेत गरेकी थिइन्।

तीन सन्तानकी आमा उनको हिमाल चढ्ने चाहनामा कुनै कमी थिएन। सगरमाथा चढ्ने लक्ष्य राखिन्। २०४६ साल र त्यसपछि लगातार दुई वर्ष सगरमाथा चढ्ने प्रयास गरिन्। तर सफल भइनन्। र, पनि तिनको दृढ संकल्प थियो। 

चौथो प्रयासले उनको सपना पूरा भयो। २०५० साल वैशाख १० उनी सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल भइन्। उक्त दिनको दिउँसो २.१५ बजे सगरमाथाको टुप्पोमा देशकै झण्डा फरफराउन सफल भइन्। सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिलामा आफ्नो नाम लेखाउन सफल भइन्। त्यतिबेला उनको उमेर  ३२ वर्ष थियो। उनले दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेकी थिइन्। फर्कने क्रममा उनको टोलीका सदस्य सोनाम छिरिङ शेर्पा गम्भीर बिरामी परे। पासाङ ल्हामुले आफ्नो टिम सदस्यलाई छोड्न सकिनन्। आफ्ना अन्य साथीहरूलाई अक्सिजन सिलिन्डर लिन पठाएर उनी सोनाम छिरिङसँगै बसिन्। अचानक मौसम खराब भयो। पासाङ ल्हामु र सोनामलाई टोलीले उद्धार गर्न सकेन। फर्किने क्रममा पासाङको बाटोमै दुःखद् निधन भयो।

पासाङ ल्हामुलाई स्वदेश र विश्वभरका पर्वतारोहीहरूले विभिन्न माध्यमबाट मरणोपरान्त सम्मान गरेका थिए। २०५९ वैशाख १० गते शेर्पालाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनी ‘नेपाल तारा’ बाट सम्मानित हुने पहिलो महिला पनि हुन्। राष्ट्रिय युवा प्रतिष्ठानले सन् १९९३–९४ को युवा उत्कृष्टता पुरस्कार प्रदान गरेको थियो। त्यसैगरी, उनको उपलब्धिको सम्झनामा बौद्ध, चुच्चेपाटीमा पासाङ ल्हामुको आजीवन मूर्ति स्थापना गरिएको थियो। उनको नाममा हुलाक टिकट पनि जारी गरिएको थियो। पूर्वी नेपालको नाम्चे गाउँ विकास समितिअन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई ‘पासाङ ल्हामु चुली’ नामकरण पनि गरियो।

कृषि मन्त्रालयले गहुँको विशेष जातलाई पासाङ ल्हामु गहुँ नाम दिएको छ। पूर्वी नेपालको झापा जिल्लाको धुलाबारीमा पासाङ ल्हामु स्मृति हल स्थापना भएको थियो। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसन पनि सञ्चालित छ। त्रिशूलीदेखि धुन्चेसम्मको ११७ किलोमिटर लामो राजमार्गलाई पासाङ ल्हामु राजमार्ग नामकरण गरिएको छ। झापामा उनको नाममा सभाहल निर्माण गरिएको छ। हाल विद्यालयमा पासाङ ल्हामुको जीवनी पढाइन्छ।

मरेर पनि अमर हुने पासाङ ल्हामुलाई नेपाली महिलाले प्रेरणाको स्रोतका रूपमा लिन्छन्। उनीपछि धेरै नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।  पासाङ ल्हामुले यो संसार छोडेको २९ वर्ष भइसक्यो, तर उनको असाधारण साहसको विरासत अझै कायम छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.