कम्युनिष्ट घोषणा पत्र नआएको भए महिला भेला र संगठन सम्भव थिएन : ओली

कम्युनिष्ट घोषणा पत्र नआएको भए महिला भेला र संगठन सम्भव थिएन : ओली
सुन्नुहोस्

उनले महिलालाई अगाडि बढाउन नेपालमा थुप्रै काम भएको उल्लेख गरे।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा कम्युनिष्ट घोषणा पत्र नआएको भए पहिलो महिला भेला सम्भव नभएको बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले कम्युनिष्ट घोषणा पत्र आएपछि मात्र महिला भेला र संगठन १९४८ मा सम्भव भएको बताएका हुन्। उनले त्यसपछाडि मात्र महिला आन्दोलन हुन थालेको स्पष्ट पारे। 

उनले भने,‘हरेकले म गर्छु, मैले गर्छु भनेर अगाडि बढे हरेक कुरा सम्भव हुन्छ। अहिले पार्टी र आन्दोलनप्रतिको महिलाहरुको निष्ठाप्रति तुलना गर्न पर्दैन। यसै काफि छ। आफू नभएपनि पार्टी हुनुपर्छ भन्ने महिलामा भावना छ। पद नपाएपनि महिलाको जति पुरुषले गर्ने हो भने धेरै अगाडि बढ्न सहज हुन्छ।’

यो पनि पढ्नुहोस

ओलीले महिलाको सवालमा मार्क्स र लेनिनले सारेको सामाजिक न्याय र समानता आधारित हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गरे। 

ओलीले दिदीबहिनीको असाधारण सम्मान व्यक्त गर्दै भने,‘महिलाको योगदानको कदर, गौरपूर्ण इतिहास र आन्दोलनको उच्च मूल्याङ्कन गर्न चाहन्छु। यो महिला समानता, नारी समानता हामी सबैको कर्तव्य हो।’

उनले महिलालाई अगाडि बढाउन नेपालमा थुप्रै काम भएको उल्लेख गरे। ओलीले भने, ‘राष्ट्रपति, सभामुख, मन्त्री, उपसभामुख, प्रधानन्यायाधीश, पाइलट, नेता, साहित्यकार, पत्रकार, खेलाडी लगायत धेरै क्षेत्रमा महिलाले जिम्मेवारी पाइसकेका छन्। पाउन बाँकी एउटा प्रधानमन्त्री हो।’ कार्यक्रममा महिला मुक्ति पुस्तक विमोचन गरिएको थियो।null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.