पोखराबाट आजदेखि रात्रिकालीन उडान

पोखराबाट आजदेखि रात्रिकालीन उडान
फाइल तस्बिर।
सुन्नुहोस्

पोखरा : बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि चार सहरमा नियमित रात्रिकालीन उडान गर्ने भएको छ। पहिलो दिन काठमाडौं, भैरहवा, नेपालगन्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा विमानस्थलमा अवतरण गर्नेछन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सेड्युल पास गराएर बुद्धले पोखरा विमानस्थलबाट व्यावसायिक रूपमा पहिलो पटक रात्रिकालीन उडान सुरु गर्न लागेको हो। 

पोखराबाट चार सहरमा रात्रिकालीन उडान गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले बताए।  काठमाडौंबाट दुई जहाज बिहीबार राति ९ बजेभित्र पोखरा आइपुग्ने जोशीले जनाए। काठमाडौंबाट पहिलो जहाज राति ७ः३५ बजे पोखराका लागि उडान भर्ने छ। यसैगरी भद्रपुर, नेपालगन्ज र भैरहवाबाट राति ८ बजेभित्र पोखरा विमानस्थलमा जहाज आएर राति यही बस्ने पनि उनले जानकारी दिए। बिहीबारदेखि ५ जहाज राति पोखरामा रहनेछन्। 

जहाजमा यात्रुको चापलाई हेरेर चार सहरमा रात्रिकालीन उडान थपघट हुने पनि उनले सुनाए। पोखरा पर्यटकीय सहर भएकोले रात्रिकालीन उडानमा पनि यात्रुको चाप बढ्ने उनले विश्वास गरे। यसअघि पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज दिउँसो मात्र उडान हुँदै आएका थिए। काठमाडौंबाट जहाज आएपछि मात्र पोखराबाट यात्रु लिएर उडान हुने गर्थ्यो। 

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बुद्धले बिहीबारदेखि रात्रिकालीन सेड्युल फ्लाइट गर्ने बताए। अब पोखरामा रात्रिकालीन लाइफ अझै चलायमान हुने उनले सुनाए। पर्यटकीय सहरमा रात्रिकालीन उडानसमेत हुनु खुसीको कुरा भएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। 

रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन क्षेत्र थप चलायमान हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए। भद्रपुरको उडानले सिलगुडीलगायत पश्चिमबंगालबाट धेरै पर्यटक आगमन बढ्ने उनले विश्वास गरे। यसअघि सौर्य एयरलाइन्सले दिउँसोको उडान मौसमका कारण समयमै हुन नसकेपछि राति ९:०५ मा पोखराबाट काठमाडौं उडान गरेको थियो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फागुन ११ गते बिहीबारदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको थियो। विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भएको थियो। विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स लागू भएसँगै रातिको समयमा पनि सहज रूपमा उडान र अवतरण गर्न सकिने गरी तयार भएको हो। फेब्रुअरी २३ देखि यो प्रणालीबाट विमान उडान र अवतरण भइरहेको छ। आईएफआर प्रणालीको परीक्षण गरेपछि फागुन ११ गतेदेखि पूर्ण रूपमा आईएफआर प्रणालीबाट जहाजले उडान र अवतरण सुरु भएको थियो। 

यो प्रणाली लागू हुनु अघिसम्म पोखरा विमानस्थलमा बिहान मौसमअनुसार ६ बजेदेखि दिउँसो ५:३० बजेसम्म मात्र उडान हुँदै आएकोमा अब भने १८ घण्टासम्म उडान हुने गरी विमानस्थल तयार भएको छ। यो प्रणाली लागू भएसँगै बिहान ६ बजेदेखि राति १२ बजेसम्म जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गौतमले बताए। जहाज उडानको चाप कम भएकोले आवश्यकताअनुसार बढाउने गरी अहिलेलाई भने राति ९ बजेसम्म उडान हुने विमानस्थलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.