लहान नगरपालिकाले गर्‍यो भूमी वर्गीकरण

लहान नगरपालिकाले गर्‍यो भूमी वर्गीकरण
नापी र मालपोत कार्यालय प्रमुखलाई भूमी वर्गीकरण गरेको विवरण हस्तान्तरण गर्दै मेयर महेश चौधरी, उपमेयर रामचलितर महतोलगायत।

वर्गीकरण गरेको सम्पूर्ण विवरण शुक्रबार नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेको हो। योसँगै अब जग्गाको किताकाट र किनबेच खुलेको छ ।

सिरहा : लहान नगरपालिकाले भूमीलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । वर्गीकरण गरेको सम्पूर्ण विवरण शुक्रबार नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेको हो। योसँगै अब जग्गाको किताकाट र किनबेच खुलेको छ । 

नगरपालिकाले कृषि, आवसीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी/खोला/ताल/सिमसार, सार्वजानिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरेको छ । 

गएको जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो । सोही अनुसार १० क्षेत्रमा वर्गीकरण गरी विवरण मालपोत र नापीलाई बुझाइएको मेयर महेश चौधरीले जानकारी गराएको छ । वर्गीकरणका लागि लहान नगरपालिका भू–उपयोग परिषदले फाल्गुन १४ गते निर्णय गरेको थियो ।

भूमी वर्गीकरण गर्ने लहान नगरपालिका जिल्ला पहिलो पालिका बनेको छ । जग्गा वर्गीकरण नहुँदा किताकाट र किनबेच रोकिएको थियो । जग्गाको कारोबार रोकिदा स्थानीयबासीलाई विहे, मृत्यु, छोराछोरीलाई शिक्षा गराउन समस्या भइरहेको वडा २४ का स्थानीय राजकुमार राउतले सुनाए । अब किताकाट खुल्दा जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन सजिलो हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.