नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरे : ओली

नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरे : ओली
सुन्नुहोस्

ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताए।

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा भएको बताएका छन्। पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले विधि र प्रक्रिया भन्दै माधव नेपालले पार्टी फुटाएर प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरेको बताएका हुन्।

ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताए। ओलीले माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भएर लागिपरेको टिप्पणी गरे। नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको धारणा राखे। उनले राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताए। null

राजनीतिक फउल खेलेपनि वास्तविक सफलता प्राप्त भने गर्न नसकेको उनको भनाइ छ। उनले कुनै पनि क्षेत्रको श्रेष्ठता हालिस बेइमानीले नभई इमान्दार अभ्यासबाट हासिल हुने धारणा राखे। अध्यक्ष ओलीले खेल र चलखेलमा धेरै फरक रहेको भन्दै एमााले चलखेलमा नभइ खेलमा सहभागी हुने बताए। उनले नेपालको खेल क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चम्काउनका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.