बझाङमा एमाले र एस निकट विद्यार्थीबीच गठबन्धन

बझाङमा एमाले र एस निकट विद्यार्थीबीच गठबन्धन
सुन्नुहोस्

बझाङ : केन्द्रमा भएको गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनका लागि बझाङमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच चुनावी गठबन्धन भएको छ।

समाजवादी निकट अनेरास्वियुका प्रदेश अध्यक्ष पुष्पलाल रोकाया र एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला अध्यक्ष दिलबहादुर खातीले हस्ताक्षर गरेर चुनावी तालमेल भएको सार्वजनिक गरेका छन्। यो सँगै नेवि संघ र नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीबीच पनि चुनावी तालमेल भएको छ। विप्लव नेतृत्वको माओवादी निकटको विद्यार्थी संगठनले भने एक्लै चुनावमा जाने जनाएको छ। 

एमाले र एस निकट विद्यार्थी संगठनहरूले क्याम्पसहरूको भागबन्डा पनि गरिएको जनाएका छन। एमाले निकटको विद्यार्थी संगठनले जयपृथ्वी बहुमुखी क्याम्पस भोपुर, सेतीक्याम्पस बगडगाउँ, थलारा क्याम्पस खोली, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडामा अध्यक्ष पदमा चुनाव लड्ने छ भने यीनै क्याम्पसमा नेकपा एस निकट अनेरास्ववियूले सचिव पदमा दाबी गर्ने सहमति भएकोएमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला अध्यक्ष दिलबहादुर खातीले बताए। 

नेकपा एस निकट अनेरास्ववियुको भागमा शान्ति आर्दश क्याम्पस ब्याँसी, बझाङदिप क्याम्पस झोता र त्रिवेणी आर्दश क्याम्पस बिजगडा परेका छन्। यी तीन वडा क्याम्पसमा नेकपा एस निकट विद्यार्थी संगठनले सभापति पद र एमाले निकट विद्यार्थी संगठनले सचिव पदमा उमेदवारी दिने सहमति भएको छ।

नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच पनि चुनावी गठबन्धन भएको छ। त्यसमा नेविसंघले त्रिवेणी आर्दश क्याम्पस बिजगडा, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा, जयपृथ्वी बहुमुखी क्याम्पस भोपुर, सेती क्याम्पस बगडगाउँमा सभापती पद र अखिल क्रान्तिकारीले सचिव पदमा उम्मेदवारी दिने भएको छ। त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी)ले बझाङदिप क्याम्पस झोता, शान्ति आदर्श क्याम्पस ब्यासी र थलारा क्याम्पस खोलीमा सभापति र नेवि संघले सचिव पदमा उम्मेदवारी दिने सहमति भएको छ।  

एक्लै चुनावमा होमिएको नेकपा विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी)ले भने चैत ५ गते हुने निर्वाचनमा त्रिवेणी आदर्श क्याम्पस बिजगडा, सुनकुडा नमुना क्याम्पस सुनकुडा र बझाङदिप क्याम्पस झोतामा निर्वाचन लड्ने र चैत ८ गते हुने निर्वाचनमा जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरमा मात्रै निर्वाचन लड्ने विद्यार्थी नेता कमल थापाले बताए। त्रिभुवन विश्व विध्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ५ गते र सुदूरपश्चिम विश्वविध्यालय अनर्तगतका क्याम्पसहरूमा चैत ८ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी बझाङमा मुख्यतः दुई गठबन्धन भिड्न लागेका हुन्।  बझाङको बुंगल नगरपालिका–४ बिजगडामा रहेको त्रिबेणी आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन भने स्थगित गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.