पौडेलको राजीनामा स्वीकृत

देउवाले भने,‘राष्ट्रपति पदको गरिमा र संविधानको मर्म अनुरुप पौडेलको कार्यसम्पादन सफल हुन्छ’

पौडेलको राजीनामा स्वीकृत

देउवाले भने,‘राष्ट्रपति पदको गरिमा र संविधानको मर्म अनुरुप पौडेलको कार्यसम्पादन सफल हुन्छ’
फाइल तस्बिर।
सुन्नुहोस्

देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरे।

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार कांग्रेसबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जारी विज्ञप्तिमा भनिएको छ,  ‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य श्री रामचन्द्र पौडेल २०७९ फाल्गुण २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग हुनुभएको छ। उहाँले आज दिनुभएको राजीनामा सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी स्वीकृत गर्नु भएको छ।’

सभापति देउवाले कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा पौडेलले पुर्‍याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गरेका छन्। देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरे। उनले पौडेलको कार्यकाल सदैब स्मरणीय रहनेछ भन्ने विश्वासका व्यक्त गर्दै शुभकामना दिएका छन्।null

नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.