गोरखा बजारमा मिनीट्रक दुर्घटना, आठ जना घाइते

गोरखा बजारमा मिनीट्रक दुर्घटना, आठ जना घाइते
सडकबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ठोक्किन पुगेको गाडी । तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : गोरखा बजारको बिसौनी मोडमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो १ बजे प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक पल्टिँदा ६ पुरुष र २ महिला घाइते भएका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

घाइतेहरु कसैको पनि पहिचान खुल्न सकेको छैन। उनीहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ। दुई जनालाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। आरुघाटबाट तरकारी लगायतका सामान लिन गोरखा बजार आउँदा दुर्घटना भएको र चालक उमेश श्रेष्ठ पनि घाइते भएका उनका आफन्त संगम श्रेष्ठले जानकारी दिए।nullबसपार्कतर्फबाट हरमटारीतर्फ जाँदै गरेको सो मिटीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालमा ठोक्किन पुगेको थियो। साथै बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई समेत लतारेर लगेको छ। मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन्।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.