गोरखामा मिनीट्रक दुर्घटना : एक जनाको मृत्यु, ७ मध्ये ३ गम्भीर घाइते

गोरखामा मिनीट्रक दुर्घटना : एक जनाको मृत्यु, ७ मध्ये ३ गम्भीर घाइते
सुन्नुहोस्

गोरखा : गोरखा बजारमा सोमबार दिउँसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

मृतकको आफन्त सम्पर्कमा आउँदै गरेकाले अहिले उनको नाम अहिले सार्वजनिक गर्न नसकिने डीएसपी लीलाराज लामिछानेले बताए । दुर्घटनामा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका बुद्धि नेपाली गम्भीर घाइते छन् । उनीहरु तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका-७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो । आरुघाटबाट तरकारी लगायतका सामान लिन मिनीट्रक धनी उमेश श्रेष्ठ गोरखा बजार आएका थिए । उनी आफैँले चलाएको सो ट्रक दुर्घटना भएको थियो । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.