अन्तर विद्यालय क्रिकेटको उपाधि रणभुवनेश्वरीलाई

राजेश भए म्यान अफ दि म्याच

अन्तर विद्यालय क्रिकेटको उपाधि रणभुवनेश्वरीलाई
सुन्नुहोस्

एकसय २७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको नारायणदेवी माविले निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाई ८३ रनको सामान्य योगफल बनायो।

नुवाकोट : छैटौं अन्तर विद्यालय जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि रणभूमेश्वरी मावि देवीघाटले उपाधि उचालेको छ। नुवाकोट क्रिकेट संघको आयोजना र विदुर नगरपालिकाको सह-आयोजनामा भएको प्रतियोगितामा नारायणदेवी माविलाई ४३ रनले पराजित गर्दै रणभूमेश्वरीले उपाधि चुम्न सफल भएको हो। 

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनल खेलमा पहिले टस हारेर ब्याटिङमा उत्रेको रणभुमेश्वरीले निर्धारित २० ओभरको  खेलमा ९ विकेट गुमाएर एकसय २६ रन बनाएको थियो। 

विजेता रणभुवनेश्वरीका राजेश रिमालले सर्वाधिक २७ रन र पवन राईले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा २२ रनको योगदान दिए । राजन थापामगर नटआउट १६ रन बनाउन सफल भए।

एकसय २७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको नारायणदेवी माविले निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाई ८३ रनको सामान्य योगफल बनायो। नारायणदेवीका आशिष नेपालीले २९ र सुनिल अधिकारीले १३ रन बनाए भने अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ नारायणदेवीका आशिक नेपाली र सुवोध लामिछानेले समान ४/४ विकेट लिए। खेलमा राजेश रिमाल म्यान अफ द म्याच घोषित भए। विजेता रणभूमेश्वरी र उपविजेता नारायणदेवीले क्रमशः २५ र १५ हजार रुपैया नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए। 

प्रतियोगितामा आशिष नेपाल उत्कृष्ट बलर, राजेश रिमाल उत्कृष्ट ब्याटमान र आशिष नेपाली उत्कृष्ट खेलाडि घोषित हुँदै पुरस्कार पाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.