‘बन्दुकमा खिया लागेको छैन भनेको के ?’

माओवादीतर्फ संकेत गर्दै ओलीले भने : मानव अधिकार आयोगलाई धम्की दिने काम भइरहेको छ

माओवादीतर्फ संकेत गर्दै ओलीले भने : मानव अधिकार आयोगलाई धम्की दिने काम भइरहेको छ
सुन्नुहोस्

‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन, धम्क्याउँछन्। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्, हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन्। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन चल्छ अहिलेपनि भन्छन्।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको टिप्पणी गरेका छन्। मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधनमा माओवादीतर्फ संकेत गर्दै ओलीले मानव अधिकारको कुरा गर्दै आयोगलाई नै घेराबन्दी गर्ने, धम्क्याउने काम गरेको बताएका हुन्।  

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन परराष्ट्रमन्त्री डा. बिमला राई पौडेललाई संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद् सम्मेलनमा सहभागी हुनबाट रोकेकोप्रति आपत्ति जनाउँदै भने, ‘मानव अधिकारको विषयमा बोल्लान भन्ने डरले मन्त्रीलाई जान रोकियो। चोरको खुट्टा काटभन्दा फुत्त खुट्टा निकालेजस्तो देखियो। छन्द अपराधि त्रर्सित रहेका हुन्छन्, अपराध गरेका छन्। मन्त्रीले अन्तराष्ट्रिय फोरममा बोल्यो भने भन्ने डरत्रास छ।’

ओलीले मानव अधिकार आयोगलाई घेराबन्दी गरेर धम्की दिइने गरेकोप्रति पनि आपत्ति जनाए। ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन, धम्क्याउँछन्। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्, हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन्। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन चल्छ अहिलेपनि भन्छन्।‘ओलीले थपे,‘हाम्रा हात /पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन्। खुट्टा याद राख्नुस भन्न सक्छन्। यो हुँदैन भन्न सकिँदैन। हाम्रो एलाइन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनुपर्छ। मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, रक्षाका निम्ति लडनसक्ने त्यो हुनुपर्छ।’

‘बन्दुकमा खिया लागेको छैन भनेको के ? ’ प्रश्न गर्दै ओलीले भने, ‘सत्ता र सरकारमा हुने अर्कातिर आतंककारी क्रियालाप पनि गर्ने ? यसलाई फेर्न हाम्रो एलाइन्स लाग्नुपर्छ।’मानवअधिकारको एलाइन्स कुनै राजनीतिक दल विशेषमा नलागि मानव अधिकारको पक्षमा लाग्नुपर्ने बताए। उनले भने,‘थर्काउनु, धम्क्याउनु, अपमान गर्नु, शोषण गर्नु मानव अधिकार विरोधि क्रियाकलाप हो।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.