बलात्कार आरोपित चन्दनलाई जन्मकैद
राजविराज: बालिका बलात्कारको आरोप लागेका चन्दनकुमार साहलाई जन्मकैदको फैसला भएको छ।
जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए। साह राजविराज कारागारको थुनामा थिए।
यस्तै अर्को बलात्कार घटनामा संलग्न डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय भएको छ।