दूधको उपभोक्ता मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढ्यो, भोलिदेखि लागू हुने
काठमाडौं: दूधको उपभोक्ता मूल्य ११ देखि १४ रुपैयाँसम्म बढेको छ।
दुग्ध विकास संस्थाले ११ रुपैयाँ बढाएको छ भने निजी क्षेत्रले १४ रुपैयाँ बढाएका छन्। अब बजारमा डीडीसीको दूध प्रतिलिटर ९७ रुयैयाँ र डेरीको प्रतिलिटर १०० रुपैयाँमा पाइन्छ ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दूधको मूल्य बढाएको बताए। डेरी एसोसिएसनले मूल्य वृद्धिका कारण मूल्य बढाउनुपरेको अध्यक्ष प्रह्लाद दाहालले बताए।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक झाले बताए। बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए।