चेपाङ किसानलाई बजारसम्म तरकारी पुर्‍याउन क्रेट वितरण

चेपाङ किसानलाई बजारसम्म तरकारी पुर्‍याउन क्रेट वितरण
सुन्नुहोस्

गोरखा: व्यावसायिक तरकारी खेती गर्ने गण्डकी गाउँपालिकाका १२४ जना सीमान्तकृत चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ। 

मौसमी तथा बेमौसमी तरकारी सुरक्षित तरिकाले बजारसम्म पुर्‍याउन मद्दत पुग्ने उद्देश्यले सांसद राजेन्द्र बजगाईँले प्रत्येक किसानलाई तीनवटाका दरले क्रेट वितरण गरेका हुन्।

बुधबार गण्डकी गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद बजगाईँले वडा नं. ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यवसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन्।

 
क्रेट पाउँदा किसान खुसी भएका छन्। यसअघि बोरा र डोकामा तरकारी बोक्दा चोट लाग्ने र तरकारी बिग्रिने गरेकाले अब क्रेटमा सुरक्षित तरिकाले बजार पुर्‍याउन सकिने उनीहरूको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.