गाँजा नियन्त्रण लिनेक्रममा झडप, एक राउण्ड हवाई फायर
![गाँजा नियन्त्रण लिनेक्रममा झडप, एक राउण्ड हवाई फायर](https://annapurnapost.prixacdn.net/media/albums/Arrest_Sindhuli_4fyyPZLdXH_jDjZFUWMpc.jpg)
सिन्धुली: अवैध गाँजा नियन्त्रणमा लिनेक्रममा सिन्धुलीमा प्रहरीसँग झडप भएको छ।
मोटरसाइकलमा बोरामा प्याक गरेर निकासी गर्न लागेको गाँजा नियन्त्रणमा लिनेक्रममा तस्करले प्रहरीलाई ढुंगामुडा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।
घटनामा संलग्न २ जना पक्राउ परेका छन्। उनीहरूसँग रहेको ७६ किलो गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ।
हरिहरपुरगढी गाउँपालिका ७ भुताहास्थित क्यानखोलाबाट ७६ किलो गाँजा, एउटा मोटसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिए।
पक्राउ पर्नेमा हिरहरपुरगढी ८ का ३३ वर्षीय देवकुमार स्याङ्तान र हरिवन नगरपालिका २ सर्लाहीका २३ वर्षीय प्रल्हादकुमार थोकर छन्।
उनीहरूले प्रयोग गरेको २२० सीसीको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा गाँजा कारोबारी पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)