नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन सम्वाद, पौडेललाई भारतीय राष्ट्रपति मुर्मुको बधाई

द्विपक्षीय हितका विषयमा छलफल

नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन सम्वाद, पौडेललाई भारतीय राष्ट्रपति मुर्मुको बधाई
सुन्नुहोस्

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपती मुर्मुबीच टेलिफोन वार्ता भएको छ। 

भारतीय राष्ट्रपति मुर्मुले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन्। 

टेलिफोन वार्तामा दुई देशका राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी गरेका छन्। 

केरला भ्रमणमा रहेकी भारतीय राष्ट्रपतिले शुक्रबार साँझ राष्ट्रपति पौडेललाई टेलिफोन गरेकी हुन्। 

फाल्गुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले २८ गते पद तथा गोपनियताको शपथ लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.