घरभित्र फेरि ती जुठा भाँडा झिँगाको भन्काइ मेरी आमै झिँगाको भन्काइ।
अँधेरी रातमा पँधेरी जाँदा
पानीको गाग्री नि बोकेर फिर्दा
चुलो र अँगेनो लिपपोत गर्दै
दैलाको ठेलामा मेरी आमै दैलाको ठेलामा।
एकमुठी पानी नि पिउँदै पिउँदै
जानु छ मेलामा मेरी आमै जानु छ मेलामा।
भोक र तिर्खा त पचाउनै पर्ने
घर फिर्नै अबेला मेरी आमै घर फिर्नै अबेला।
भोकले आएकी यी बहु भनी
भात पस्की को देला मेरी आमै भात पस्की को देला ?
नन्द र ज्यूलाई बोलाउनै हुन्न
छन् साह्रै सन्काई मेरी आमै छन् साह्रै सन्काई।
घरभित्र फेरि ती जुठा भाँडा
झिँगाको भन्काइ मेरी आमै झिँगाको भन्काइ।