घलेगाउँमा आमन्त्रित गोल्डकप प्रतियोगिता

घलेगाउँमा आमन्त्रित गोल्डकप प्रतियोगिता
सुन्नुहोस्

बेंसीसहर : स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वैशाख १ गतेदेखि हुने प्रतियोगितामा जिल्लाबाहिरका ६ टिम र जिल्लाभित्रका ४ टिम गरी १० टिम सहभागी हुनेछन्।

प्रतियोगितामा पहिलो हुनेले नगद ५ लाख ५ सय ५५ रुपैयाँ र मेडल पुरस्कार पाउने छन्। दोस्रो हुनेले नगद ३ लाख ३ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद १०/१० हजार रुपैयाँ राखिएको छ। घलेगाउँमा खुला फुटबल प्रतियोगिता आयोजना गर्ने गरिएको थियो।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले २१ सय मिटरको उचाइमा यति ठूलो राशिको पुरस्कार राखिएको बताए। प्रतियोगिता सम्पन्न गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ। 

घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा जिल्ला बाहिरका कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाजकल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौं, गोरखा ब्वाइज बुटवल र (रड्स) रामपुर चितवनले खेल्नेछन्।

लमजुङका लालिगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लब बेंसीसहर, बुद्ध युथ क्लब भोटेओडार र बेंसीसहर युथ सोसाइटी बेसीसहरले सहभागिता जनाउने छन्। 

आमन्त्रित भएकाले खेलाडीलाई खाना र बासको व्यवस्था निःशुल्क रहेको अध्यक्ष घलेले बताए। क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पर्यटकीय गाउँमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन विकासमा थप टेवा पुग्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.