प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी नहुने, चीन भ्रमण रद्द

प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी नहुने, चीन भ्रमण रद्द
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोआओ फोरममा भाग लिन चीन नजाने भएका छन्। चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलन हुँदैछ। प्रधानमन्त्री दाहालले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते (फेब्रुअरी २०) प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको थियो। बोओओ फोरममा सहभागी हुने जवाफ दिएका प्रधानमन्त्री दाहालले एक्कासी चीन भ्रमण रद्द गर्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

चीनले बोआओ फोरममा सम्बोधन गरेलगत्तै औपचारिक भ्रमणको प्रस्ताव गरेको थियो। चीनको सो प्रस्तावमा समेत प्रधानमन्त्री दाहाल सकारात्मक थिए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको भ्रमणको तयारी सुरु गरेको थियो। केहीदिन अघि प्रधानमन्त्री दाहालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई बोलाएर आफू बोआओ फोरममा जान नसक्ने जानकारी गराएको स्रोतले बताएको छ।

प्रधानमन्त्री दाहालले आन्तरिक राजनीतिक स्थायित्व पाइनसकेकाले आफू तत्काल चीन जान नसक्ने सन्देश पठाएको स्रोतले बताएको छ। उनले चिनियाँ दूतावासमार्फत् बेइजिङलाई सो सन्देश पठाएका हुन्। 

प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी भएपछि बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने तयारी गरेका थिए। एसियाली मुलुकहरूबीच क्षेत्रीय सहकार्य बढाउने, विश्वमा एसियाली मुलुकहरूको प्रभुत्व बढाउनेलगायतका उद्देश्य राखी सन् २००१ देखि बोआओ फोरम सुरु भएको हो। फोरमको बैठकमा आर्थिक, सामाजिक र सरकारका विविध पक्षमा छलफल हुने गरेको छ। 

प्रधानमन्त्री भएपछि एक भारतीय टेलिभिजनमा दिएको अन्तर्वार्तामा दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने बताएका थिए। यसअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कारण देखाउँदै फागुन १९ मा हुने भनिएको कतार भ्रमणसमेत स्थगित गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.