मन्त्री बन्ने प्रारम्भिक सूचीमा को-को ?

सरकारमा जाँदै कांग्रेस

वरियताक्रम मिलाउन प्रधानमन्त्री प्रचण्डलाई सकस

सरकारमा जाँदै कांग्रेस
फाइल तस्बिर।
सुन्नुहोस्

वरियताक्रम मिलाउन भने प्रधानमन्त्री प्रचण्डलाई नै सकस छ।

काठमाडौं : कांग्रेसले सरकारमा सहभागी हुने औपचारिक निर्णय लिएसँगै पार्टीभित्रै आकांक्षीहरूको चर्चा परिचर्चा सुरु भएको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिने र संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने भएको हो।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन्। सरकारमा सहभागी हुने कांग्रेसले औपचारिक निर्णय गरेपछि मन्त्रिपरिषद्को विस्तारसँगै पार्टीबाट नेतृत्व गर्ने र मन्त्री हुनेहरूको चर्चा भएको हो। 

कांग्रेसले १० मन्त्रालय दाबी गरे पनि कांग्रेसको भागमा पर्ने ८ ओटा मन्त्रालयको जिम्मेवारीका लागि यतिबेला पार्टीभित्र कोही खुम्चिने र कोही अगाडि बढ्ने प्रयासमा छन्। पार्टीबाट उपप्रधानमन्त्रीसहितको नेतृत्व गरेर जानेहरूको नाममा उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधि र प्रकाशमान सिंहको नाम चर्चामा आएको छ। 

यद्यपि, उपसभापति खड्काले सार्वजनिक रूपमै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू अहिले मन्त्रिमण्डलमा सहभागि नहुने र पार्टीका साथीहरूलाई बनाउन लाग्ने प्रतिक्रिया दिएका थिए। खड्कानिकट कांग्रेसका नेता भने पार्टी सभापति देउवाको पहिलो विश्वास पात्र नभई वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि अहिलेको मन्त्रिमण्डलमा उनलाई चाहेका छन्। स्रोत भन्छ, ‘पार्टी सभापति देउवाले पूर्णबहादुरजीलाई पठाउन खोज्नुभएको छ। उहाँ प्रधानमन्त्री प्रचण्डपछिको वरियताक्रमको उपप्रधानमन्त्री पाए भने जाने तयारीमा हुनुहुन्छ। अहिले नै गइहाल्नुहुन्छ भन्न सकिँदैन।’

वरियताक्रम मिलाउन भने प्रधानमन्त्री प्रचण्डलाई नै सकस छ। उनकै पार्टीका नेता तथा प्रचण्डका विश्वसनीय पात्र अहिलेका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्रचण्डपछिको वरियताक्रममा छन्। प्रचण्डले मन्त्री श्रेष्ठलाई कता व्यवस्थापन गर्छन् त्यही आधारमा मात्र कांग्रेस नेता खड्का सरकारमा सहभागी हुने या नहुने भन्ने देखिन्छ।

संस्थापनइतरका नेता डा. शेखर कोइरालाको नाम पनि सरकारमा जाने विषय कांग्रेसभित्रै चर्चामा थियो। कोइराला मन्त्रिपरिषद्मा सहभागी हुने चर्चामा सत्यता नरहेको उनी निकट नेता डा. गोविन्द पोखरेलले बताए। 

उपप्रधानसहित पार्टीबाट नेतृत्व गर्ने अवसर आए पनि उहाँ मन्त्रिपरिषद्मा सहभागी नहुने बताउँदै पोख्रेलले भने, ‘शेखरजी सरकारमा जानु हुन्न। अहिले त्यो विषय प्राथमिकतामा छैन।’ पार्टी संगठनलाई चलायमान बनाउने र पार्टी कार्यकर्तालाई भेट्न देश दौडाहामा लाग्ने उनले बताए। पोख्रेलले थपे, ‘उहाँ संगठन बनाउन पूर्ण रूपमा लाग्नुहुन्छ।’

यतिबेला कांग्रेसबाट मन्त्री बन्ने प्रारम्भिक सूचीमा समेटिएका नेताहरूमा खड्का, सिंहसहित जीवन परियार, एनपी साउद, डा. शशांक कोइराला, किशोरसिंह राठोर, रामहरि खतिवडा, सीता गुरुङ, अजय चौरासिया, रमेश रिजाल, मोहन बस्नेत, प्रदीप पौडेल, डिगबहादुर लिम्बू छन्। महिलाबाट राज्यमन्त्रीमा सरीता प्रसाईंको नाम चर्चामा छ। माथि आएका नाममध्ये सिंह आफैं सरकारमा सहभागी हुने भए भने बस्नेत पछि हट्नेछन्। किनभने सिंहको कोटा बाट १ जनाको सहभागीता हुनेछ।  पार्टीका दुवै महामन्त्रीहरू गगनथापा र विश्वप्रकाश शर्मा दुवै जनाको समर्थन भने प्रदीप पौडलप्रति छ। 

कांग्रेसका अर्का एक नेताका अनुसार प्रवक्ता महतलाई छेक्न देउवा पक्षकै केही नेता सक्रिय छन्। देउवानिकटका नेताद्वय रमेश लेखक र एनपी साउद पनि मन्त्रीको दौडमा छन्। कांग्रेस नेताका अनुसार ‘यी दुईमध्ये देउवाले एक जनालाई अहिलेकै लटमा मन्त्री बनाउन खोजेका छन्।’ देउवानिकट भनेर चिनिएका नेता अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की भने अहिलेको सूचीमा समेटिएका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.