स्ववियु निर्वाचन : मकवानपुरका ८ मध्ये ५ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

स्ववियु निर्वाचन : मकवानपुरका ८ मध्ये ५ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

मकवानपुरमा एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन एकातिर थिए भने कांग्रेस, माओवादी केन्द्र र राप्रपानिकट विद्यार्थी संगठन अर्को प्यानलमा थिए।

हेटौंडा : मकवानपुरका ७ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। सबैभन्दा बढी मतदाता भएको मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रमन्तिकारी) का छोइसाङ लामा निर्वाचित भएका छन्।

लामाले अनेरास्ववियूका उम्मेदवार नवराज पौडेललाई पराजित गरेका हुन्। लामाले ८१३ मत प्राप्त गर्दा पौडेलले ६८२ मत प्राप्त गरे।null

यस्तै, क्याम्पसको स्ववियु सचिवमा अखिल (क्रान्तिकारी) प्यानलबाट वर्षाद घिमिरे ७६७ मतसहित निर्वाचित भएका छन्। कोषाध्यक्षमा अनेरास्ववियु प्यानलकी हिमानीकुमारी सुवेदी ८०४ मतसहित निर्वाचित भइन्। त्यस्तै सदस्यहरुमा प्रसिद्ध रेग्मी (७६६), प्रशन्न श्रेष्ठ (७६६), कुशल पराजुली (८०१), दिपेश कार्की (७६६), झरना थिङ् (७५५ मत), मन नारायण पुडासैनी (७८१), सुजन सिलवाल (७५५) र राहुल डिम्डुङ (७६६ मत) सहित निर्वाचित भए। 

त्यस्तै मतदाता संख्याको हिसाबले जिल्लाको दोस्रो ठूलो क्याम्पस हेटौंडा क्याम्पसमा अनेरास्ववियुको प्यानलले जित हात पारेको छ। सो प्यानलबाट सभापतिका उम्मेदवार अभि मैनाली २९० मतसहित निर्वाचित भए। अनेरास्ववियुको प्यानलबाट सचिवमा अन्जान खड्का, कोषाध्यक्षमा अविना थापा निर्वाचित भइन्। सदस्यहरुमा तिलकबहादुर पाख्रीन, रञ्जीता फुँयाल, भरतमोहन देवकोटा, नविनकुमार चौधरी र गणेश तिमल्सिना निर्वाचित भएका हुन्। 

त्यसैगरी क्रमश अनेरास्ववियु प्यानलबाट वंशगोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल, जनप्रिय बहुमुखी क्याम्पसमा मुना गोले, मनहरी बहुमुखी क्याम्पसमा कुमार घिसिङ र निर्मल बहुमुखी ब्याम्पसको स्ववियु सभापतिमा सरोज अर्याल निर्वाचित भएका हुन्।  

हेटौँडाकै वन विज्ञान अध्ययन संस्थान फरेस्टीमा भने अखिल क्रान्तिकारी प्यानलबाट नेवि संघका दिपेन्द्र कंडेलले स्ववियुमा जित हात पारेका हुन्। थाहा नगरस्थित पालुङ बहुमुखी क्याम्पसमा भने सहमतिबाटै अखिल क्रान्तिकारीका पुष्कर श्रेष्ठ सभापति चुनिएका थिए। 

मकवानपुरमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन एकातिर थिए भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा निकट विद्यार्थी संगठन अर्को प्यानलमा थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.