सरकारले गर्यो पाँच डीआईजीलाई एआईजीमा बढुवा
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो।
काठमाडौं : नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।
प्रतिक्रिया दिनुहोस !
३