उदयपुरको बरुवा क्याम्पसको सभापतिमा अनेरास्ववियुका खड्का विजयी

उदयपुरको बरुवा क्याम्पसको सभापतिमा अनेरास्ववियुका खड्का विजयी
बरुवा क्याम्पसमा निर्वाचित शारदकुमार खड्का । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका शारदकुमार खड्का बिजयी भयका छ्न् । आइतबार भएको निर्वाचनमा खड्काले १ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी सचिवमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका संजिव राउत १ सय ३७ मत र कोषाध्यक्षमा अनेरास्ववियुका अजिता पाण्डे १ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । 
निर्वाचन अधिकृत कृपाराम चौधरीका अनुसार सदस्यहरूमा अनेरास्ववियुका नारायण भट्टराई १ सय ३९, रागवी तुलाधार १ सय ३०, मिलन बुढाथोकी १ सय २८, विशाल विष्ट १ सय २५, भावना श्रेष्ठ १ सय २५ र अनेरास्ववियु क्रान्तिकारीका प्रविण मगर १ सय १६ मत प्राप्त गरी विजयी भएका छन् । 

उक्त क्याम्पसमा सचिव र एक सदस्य अनेरास्ववियु क्रान्तिकारी र बाँकी सभापति,कोषाध्यक्षसहित बहुमत सदस्य अनेरास्ववियुबाट विजयी भएका हुन् । ५ सय ५२ मतदाता रहेको वरुवा क्याम्पसमा ३ सय २४ मत खसेको चौधरीले जानकारी दिए । 

जिल्लाका ८ वटा क्याम्पस मध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, बरुवा क्याम्पस गाईघाट र नारद आदर्श क्याम्पस बसाहामा निर्वाचन भएको थियो । बाँकी क्याम्पस नयाँ रहेकाले निर्वाचन भइन । त्रियुगा जनता क्याम्पसको भने मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृत उमेश पाण्डेले बताए । 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.