एक करोड बढीको सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

एक करोड बढीको सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

वीरगन्ज : प्रहरीले भारतबाट राजश्व छलेर भित्र्याइएको आशंकामा १ करोडभन्दा बढी मूल्यको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।

वीरगन्जबाट मालसामान लिएर नेपालगन्जतर्फ जाँदै गरेको ना८ख १६३१ र ना ४ख ३८३१ नम्बरका दुई वटा ट्रक प्रहरीले वीरगन्ज-८ घण्टाघर चोकमा रोकेर चेकजाँच गरेको थियो। 

चेकजाँचका क्रममा ती दुवै ट्रकबाट गरी १ करोड ११ लाख ९९ हजार रुपैयाँ मूल्यको हार्डवेयर र लत्ताकपडालगायतका सामान बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। 

भन्सार राजश्व तिरेको बिलबिजकभन्दा बढी मूल्यको सामान फेला परेपछि सामानसहित दुवै ट्रक नियन्त्रणमा लिइएको गिरीले बताए। सामानसहित नियन्त्रणमा लिइएका दुवै ट्रक अनुसन्धान र कारबाहीको लागि बाराको पथलैया राजश्व अनुसन्धान कार्यालयमा बुधबार बुझाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.