लार्के पासको हिमपहिरोमा फसे दुई आन्तरिक पर्यटक

लार्के पासको हिमपहिरोमा फसे दुई आन्तरिक पर्यटक
सुन्नुहोस्

गोरखा : लार्के पास गर्ने क्रममा दुई जना आन्तरिक पर्यटक हिमपहिरोमा फसेका छन्। नवलपुरको कावासोती बस्ने २६ सौरभ खनाल र २२ वर्षीया अनिता घले हिमपहिरोमा फसेको प्रहरीले जनाएको छ।

चुमनुब्री गाउँपालिका-१ स्थित लार्के पास गर्नका लागि उनीहरू बुधबार बिहान साम्दोबाट हिँडेका थिए। धर्मशालाभन्दा दुईघण्टाको बाटो माथि हिमपहिरोमा फसेका पर्यटक गाइड सुसन गुरुङले जानकारी दिए। 

गुरुङले दुई जना फसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। आफ्नो कम्पनीबाट गएका पर्यटकलाई लार्के पास गराई उनी हिमपहिरोमा फसिरहेका घले र खनालको उद्धारमा खटिएका थिए। साथै दिउँसो ४ बजेतिर साम्दो गुम्बाबाट १० जना लामासहितको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए। आन्तरिक पर्यटकका रूपमा उनीहरू लार्के पास पुगेको जनाएको छ। 

बुधबार दिउँसोसम्ममा घलेको अवस्था सामान्य रहेको खनालको स्वास्थ्यमा भने केही समस्या देखिएको उनले बताए। उनीहरूको उद्धारको पहल भइरहेको डीएसपी लामिछानेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.