जितपुर सिमरा गोल्डकप आजदेखि

जितपुर सिमरा गोल्डकप आजदेखि
सुन्नुहोस्

सिमरा : जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी पूरा भएको छ। आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए। 

लामाका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका पाँचसहित १० टोलीले सहभागिता जनाउने छन्। साविक विजेता एनआरटी, उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाइज, सातदोबाटो, हिमालयन शेर्पा र मोफसलका वीरगन्ज युनाइडेड, मकवानपुर–११, बागमती युवा क्लब,  केबीए ग्लोबल चितवन तथा आयोजक टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन्। 

चैत १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवनबीच हुनेछ। जितपुर सिमरा उपमहानगरपालिका मुख्य सहयोगी रहेको प्र्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन्। 

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार रुपैयाँ पाउने छन्। उदयीमान खेलाडीले नगद १५ हजार पाउने क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। 

प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाइटमा हुनेछ। पछिल्लो दुई वर्षदेखि सिमरा रंगशालामा रात्री समयमा खेल भइरहेको छ। गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाइटमा खेल सञ्चालन गर्न थालेको हो। 

रात्रिको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। आयोजकले प्रतियोगिता सञ्चालन गर्न अनुमानित एक करोड ६ लाख रुपैयाँ खर्च हुने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.