मुख्यमन्त्री जम्कट्टेलले पाउलान् विश्वासको मत? यस्तो छ अंकगणित

सरकारबाट बाहिरिने तयारीमा एमाले

मुख्यमन्त्री जम्कट्टेलले पाउलान् विश्वासको मत? यस्तो छ अंकगणित
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पुनः विश्वासको मत लिँदै छन्।

दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले बुधबार नै विश्वासको मत लिने तयारी गरेका थिए। तर, नेपाली कांग्रेसका सांसद्हरू बैठकमा अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको थियो। 

नेपाली कांग्रेस भित्र विश्वासको मत दिने वा नदिने भन्ने बारे विवाद बढेपछि बुधबार बोलाइएको बैठक स्थगित हुन पुगेको थियो। तर, सोही दिन बसेको कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ। 

यस अर्थमा जम्कट्टेल नेपाली कांग्रेसको समर्थनमा सुरक्षित देखिएका छन्। प्रदेश सभामा कांग्रेसको ३७ जना सांसद् छन्। नेकपा माओवादी केन्द्रको २१ जना सांसद् छन्। 

कूल ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा वर्तमान सरकारलाई निरन्तरता दिन कम्तिमा ५६ सांसद्को मत आवश्यक पर्दछ। माओवादी केन्द्र र कांग्रेसको मत ५८ हुन्छ। 

गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने देखिएको हो। यद्यपि, सरकारको नेतृत्व र सहभागिताको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने कांग्रेसको माग छ। 

विश्वासको मत दिए पनि सरकारको नेतृत्व र भागबण्डाबारे छलफल हुनुपर्ने संसदीय दलका नेता बहादुरसिंह लामा बताउँछन्। 

यसका अलवा, जम्कट्टेललाई नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ जना प्रदेश सभा सदस्यले पनि विश्वासको मत दिने बुझिएको छ। यसो हुँदा जम्कट्टेलले ६७ मत पाउने देखिन्छ। 

सरकारबाट बाहिरिने तयारीमा एमाले 

नेकपा एमाले बागमती सरकारमा सहभागी छ। केन्द्रमा समिकरण फेरिएपनि बागमती सरकार नछाडेको एमाले आजको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर सरकारबाट बाहिरिने तयारीमा छ। 

बागमती सरकारमा नेकपा एमालेको तर्फबाट ४ जना मन्त्री छन्। उनीहरूले आजै राजीनामा दिने तयारी भइरहेको एमाले स्रोतले बताएको छ। 

प्रदेश सभामा एमालेको २७ जना सांसद् छन्। उनीहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने देखिएको छ। त्यस्तै राप्रपाको १३ र नेपाल मजदुर किसान पार्टीको ३ जना सांसद् विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिएको छ। सांसद्हरू अनुपस्थित नभएको खण्डमा विश्वासको मतको पक्षमा ६७ र विपक्षमा ४३ मत देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.