नेपालमा ९५ वर्ष भन्दा माथिको जनसंख्या १७ हजार २३४

सुन्नुहोस्
Powered by
ONE
काठमाडौंः नेपालमा ९५ वर्ष वा सोभन्दा माथिको जनसंख्या १७ हजार २३४ पुगेको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार सो उमेर समूहका महिलाको जनसंख्या १० हजार चार सय २४ र पुरुषको जनसंख्या ६ हजार ८१० रहेको छ।
यस्तै, ९० देखि ९४ वर्ष उमेर समूहको जनसंख्या ३० हजार चार सय ६ रहेको छ। ८५ देखि ८९ वर्ष उमेर समूहको जनसंख्या ७८ हजार तीन सय २७ जना रहेको छ।
यस्तै, ८० देखि ८४ वर्ष उमेर समूहको जनसंख्या १ लाख ६१ हजार ५५६ रहेको छ। जनगणनाको नतिजा अनुसार ७५ देखि ७९ वर्ष उमेर समूहको जनसंख्या ३ लाख ५३ हजार २०३ रहेको छ।
प्रतिक्रिया दिनुहोस !
