लाजेहाङ लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन

लाजेहाङ लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : कोशी प्रदेश नामाकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भइ बिहीबार राति मृत्यु भएका लाजेहाङ लिम्बुलाई सहीद घोषणा गर्नुपर्ने भन्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ।

किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम्बुलाई सहीद घोषणा गर्नुपर्ने, लिम्बुको हत्यारालाई कारबाही गर्नुपर्ने लगाएका माग राखेर प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागीहरूले कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बुको बिहीबार राति निधन भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.