४४ मेगावाटको सुपर मादी राष्ट्रिय प्रशारण लाइनमा जोडियो

४४ मेगावाटको सुपर मादी राष्ट्रिय प्रशारण लाइनमा जोडियो
सुन्नुहोस्

कास्की : सुपर मादी हाइड्रो पावर शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजना प्रशारण लाइनमा जोडिएको हो।  

कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र २ स्थित सिक्लेस र ताङतिङ गाउँको बीचबाट बग्ने मादी नदीको पानी करीव ६ किलो मिटर लामो सुरुङमार्ग निर्माण गरी ४४ मेगावाट विद्युत् उत्पादन गरिएको हो। 

पीपीए अनुसार चैत महिनामा १३ मेगावाट विद्युत् उत्पादन गर्ने भनिए पनि हाल १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए। 

आयोजनाबाट उत्पादित बिजुली १९ किलोमिटर टाढा रहेको लेखनाथ सबस्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो। 

बिहीबारदेखि परीक्षण उत्पादन भएको यस आयोजना सफल परीक्षणसँगै शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको अध्यक्ष ढुंगानाले बताए। २०७५ मंसिरमा सुरु भएको आयोजना २०७८ चैत भित्र विद्युत् उत्पादन गर्ने तालिका अनुसार सुरु भएको थियो। 

सुरुमा ७ अर्ब ४७ करोड लागतमा सम्पन्न गर्ने योजना बनाएर काम सुरु भएको आयोजना कोरोनाको कारण पूर्ण रुपमा काम गर्न नसक्नु, गत असारमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याउनु, बैंकको ब्याजदर बढ्नु निर्माण सामग्रीको मुल्य बढ्नु लगायतका कारण १ अर्ब बढी लागत बढ्नुका साथै एक वर्ष ढिला भएको अध्यक्ष ढुंगानाले बताए। 

कमजोर भौगोलिक अवस्थाका कारण करिव ८ सय मिटर पेनस्टक पाइप सुरुङ भित्र जडान गरिएको  पनि उनले बताए। यस्तै कारणले आयोजनाको लागत बढेर करिब ८ अर्ब ७० करोड लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष ढुंगनाले बताए। 

यस आयोजनाको सिभिल क्षेत्रको निर्माणको जिम्मा फेवा कन्स्ट्रक्सन प्रालिले पाएको थियो। हाइड्रो मेकानिकल क्षेत्रको निर्माणको जिम्मा माछापुच्छ्रे मेटल एण्ड मेसनरी प्रालिले पाएको थियो। 

यस्तै इलेक्ट्रिो मेकानिकल क्षेत्रको निर्माणको जिम्मा एशिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ कम्पनीले पाएका थिए। 

२ अर्ब १० करोड इक्विटी र बाँकी पुँजी सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनि लिमिटेडको लगानी छ। 

कम्पनीको एक सय अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक (नेप्से)मा सूचीकृत भएर कारोबारमा आइसकेको कम्पनीका अध्यक्ष ढुंगानाले बताए। 

भारतबाट प्रतियुनिट १२ रुपैयाँमा अहिले विद्युत् खरिद गर्नुपर्ने अवस्थामा सुपरमादी सञ्चालनसँगै सहयोग पुग्ने आयोजनाको भनाइ छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.