व्यवसायिक प्रहरी चाहिएको छ : गृहसचिव सिंह
काठमाडौं : गृहसचिव विनोदप्रकाश सिंहले प्रहरीको बर्दी भनेको संरक्षकको संकेत भएको बताएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेपछि गृहसचिव सिंहले प्रहरी आयो भनेर जनता डराउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
उनले अहिले राष्ट्रले व्यवसायिक प्रहरी खोजिरहेको बताए। गृहसचिव सिंहले भने,'व्यवसायिक प्रहरी चाहिएको छ। '
गृहसचिव सिंहले प्रहरी संगठनमा हुने सरूवा प्राय विवादमा पर्ने गरेको र त्यसको तत्काल अन्त्य गर्न महानिरीक्षक कुँवरलाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस !