पाँचथर अस्पतालमा शिशुको रहस्यमय मृत्यु, छानबिनका लागि समिति गठन

पाँचथर अस्पतालमा शिशुको रहस्यमय मृत्यु, छानबिनका लागि समिति गठन
पाँचथर अस्पतालको प्रसूति कक्ष अगाडि जम्मा भएका मृतक शिशुका आफन्त । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

फिदिम : पाँचथर अस्पतालमा नवजात शिशुको रहस्यमय मृत्यु भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै अभिभावक आक्रोशित बनेका छन् । 

पाँचथरको याङवरक २ नाम्रेककी सीता खतिवडा (अधिकारी)लाई प्रसूति गराउन उनका श्रीमान शान्तिराम अधिकारीले अस्पताल लगेका थिए । सुत्केरीपछि आमा र शिशुको हेरचाहमा वास्ता नगरेपछि शिशुको मृत्यु भएको आफन्तको आरोप छ।


‘चिकित्सकले आमा र बच्चाको अवस्था सामान्य छ भनेर वास्ता गर्नु भएन,’ अधिकारीले भने ‘प्रसूतिको समयमा चिकित्सकलाई खोज्दा पनि भेटिएन । समय बितेपछि डाक्टर आएर जिउँदो नरहेको जानकारी दिनुभयो ।’

शिशुको मृत्युको कारणबारे जिज्ञासा राख्दा डाक्टरले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोजेको अधिकारीको भनाइ छ ।  प्रसूति कक्षमा खटिएकी नर्स र डाक्टर उपेन्द्र पोख्रेलको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् ।

आफन्त आक्रोशित बनेपछि अस्पतालका डाक्टर बरुण अग्रवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।  उक्त समितिलाई घटनाको छानबिन गर्न सात दिनको समय दिइएको अस्पताल विकास समितिका अध्यक्ष रामराज आङ्देम्बेले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.