उपनिर्वाचन

बारा २ को उम्मेदवारमा कांग्रेसबाट राधेचन्द्र यादव सिफारिस

बारा २ को उम्मेदवारमा कांग्रेसबाट राधेचन्द्र यादव सिफारिस
सुन्नुहोस्

वीरगन्ज : बारा २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

सोमबार कलैयामा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरेको हो। 

यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेस बाराका पूर्व सभापति समेत रहेका यादव हालका जिल्ला सभापति राजेशराय यादवका बुवा पनि हुन्।

उम्मेदवार सिफारिसका बारेमा सोमबार जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस महाधिवेशन प्रतिनिधि लोकेश सिंहले जानकारी दिए।

कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि वैशाख १० को उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ। उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।

त्यसकारण कांग्रेस जिल्ला कार्यसमितिले विधान सभा सदस्य यादवको नाम सिफारिस गरे पनि यो ‍‍औपचारिकताका लागि मात्रै भएको हुन सक्ने आकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.