मोफसलमा एपीएफको लगातार तेस्रो हार

मोफसलमा एपीएफको लगातार तेस्रो हार
सुन्नुहोस्

सिमरा : विभागीय टोली नेपाल एपीएफ क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपबाट बाहिरिएको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड क्लबसँग २–१ ले स्तब्ध हुँदै साविक उपविजेता एपीएफ पहिलो खेलबाटै घर फर्किएको हो। 

एपीएफले लगातार पहिलो खेलमै हार व्यहोरेको मोफसलको यो तेस्रो प्रतियोगिता हो। यसअघि २२औं तिलोत्तमा गोल्डकप र छैठौं सुदूरपश्चिम खप्तड गोल्डकपमा पनि एपीएफ पहिलो खेलमा पराजय भोग्दै बाहिरिएको थियो। एपीएफका लागि जीतपुरसिमराको यात्रा पनि सुखद् रहन सकेन। 

तिलोत्तमा गोल्डकपमा फ्रेण्डससँग २–१ ले पराजित भएको एपीएफ खप्तड गोल्डकपमा बागमतीसँग १–० ले हार व्यहोरेको थियो। लगातार दुई ठुला प्रतियोगिताबाट पराजित हुँदा निराश बनेको एपीएफ मोफसलकै अर्को प्रतिष्ठित प्रतियोगितामा जीतपुरसिमरा गोल्डकपमा सुखद् नतिजा निकाल्ने सोचमा थियो। 

आफू साविक उपविजेता रहेको प्रतियोगितामा एपीएफ उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो। तर उसका लागि जारी ए डिभिजन लिगको बलियो टोलीको रुपमा देखिएको चर्च व्वाईज बाधक बन्न पुग्यो। जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाईजले एपीएफलाई पन्छाउदै अन्तिम चारको यात्रा तय गरेको हो। 
एपीएफले खेलको सुरुवातमै लिएको अग्रता उल्टाउदै चर्च ब्वाईजले नतिजा आफ्नो पक्षमा पारेको थियो। खेलको २४औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। श्याम नेपालीको पासलाई सदुपयोग गर्दै सन्तोषले गोल गरेका थिए। 

तर एपीएफको अग्रता धेरै बेर टिक्न सकेन। खेलको ३१औं मिनेटमा रंजित पाण्डेको क्रस बलमा सन्तोष न्यौपानेले हेडमार्फत चर्च ब्वाईजका लागि बराबरी गोल फर्काए। सन्तोषको हेडर बललाई गोललाईनबाट एपीएफका कप्तान सुदीप शिखराकारले फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन्। उनको खुट्टामा लागेर बलले जाली चुमेको थियो। 
सन्तोषको गोलबाट खेलमा फर्किएको चर्च ब्वाईजले खेलको ४२औं मिनेटमा अग्रता बढायो। सुभाष गुरुङको क्रस बलमा डाईभिङ हेड गर्दै रंजित पाण्डले उत्कृष्ट गोल गरेका थिए। उनको गोलसंगै पहिलो हाफमा चर्च ब्वाईजले खेल २–१ को स्थितीमा ल्याएको थियो। 

दोस्रो हाफमा दुवै टिम आक्रामक देखिए। एक गोलले पछि परेको एपीएफ दवावमा देखिएको थियो। बलियो विभागीय टोलीविरुद्धको अग्रता जोगाउन चर्च ब्वाईजलाई पनि निकै संघर्ष गर्नुपरेको थियो। 
प्रधानमन्त्री थ्री नेसन्स कपका लागि नेपालको राष्ट्रिय टोलीमा रहेका आफ्नो नियमित कप्तान नविन लामासहित डिफेण्डर सनिश श्रेष्ठ र मिडफिल्डर मणी लामा बिनानै मैदानमा उत्रिएको एपीएफले गोल फर्काउने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन। यता चर्च ब्वाईज पनि अन्जन बिष्ट, अनन्त तामाङ र एरिक बिष्ट जस्ता स्टार प्लेयर बिना मैदानमा उत्रिएको थियो। 

विभागीय टिमविरुद्ध सुखद नतिजा निकाल्ने क्रममा चर्च ब्वाईजले अन्तिम समय सम्म निकै सघर्ष गर्नुपर्यो। एपीएफको अग्रता उल्टाउदै जित निकालेपछि चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई निकै खुशी देखिए। हुमागाईले यसअघि नेपालको राष्ट्रिय टोलीको कार्यबाहक प्रशिक्षकको भूमिका समेत निभाएका थिए। 
खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका ओउसो बेम्पा घोषित भए। उनले एभरेष्ट बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच बापत १० हजार नगद प्राप्त गरे। 

चर्च ब्वाईजको जितसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ। चर्च ब्वाईजले अब फाइनल प्रवेशका लागि बिहिवार एनआरटीसंग खेल्नेछ। प्रतियोगिता अन्तर्गत बुधबार हिमालयन शेर्पा क्लब र मकवानपुर ११ बीच पहिलो सेमिफाइनल खेल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.