जसपामा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई
काठमाडौं : जनता समाजवादी पार्टीले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। जसपाको बिहीबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष यादवलाई मन्त्री छान्ने जिम्मेवारी दिएको हो। जसपाको भागमा दुई मन्त्रालय परेको छ।
जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मन्त्री छनौटको जिम्मा यादवलाई दिइएको अन्नपूर्णलाई जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नवनियुक्त मन्त्रीलाई सपथ ग्रहण गराउने तयारीमा छन्।