साहुले बनाइदिए वृद्ध दम्पत्तीलाई घरबारविहीन

साहुले बनाइदिए वृद्ध दम्पत्तीलाई घरबारविहीन
सुन्नुहोस्

रामेछाप : रामेछापका एक वृद्ध दम्पत्ती घरबारविहीन भएका छन्। जिल्लाको मन्थली नगरपालिका-१३ फुलासीका फत्तबहादुर कार्कीको परिवार घरबार विहीन भएका हुन्।

चरम गरिबीले थिचेका कार्कीले घरेलु कामदारदेखि भारी भोक्ने, हलियासम्मको काम गरे। निरक्षरसमेत रहेका कार्की बैंकको ऋण र छिमेकीको ऋणको पीडामा छट्पटाई रहेका थिए। 

९४ वर्षीय दृष्टिविहीन श्रीमतीको सेवा साथै आफ्नो मजबुरीलाई निरन्तरता दिएका उनको गाउँका व्यापारी छत्रबहादुर खड्काको जालझेलमा परेर सम्पूर्ण जायजेथा सकिएको पत्तै भएन।

खड्का मन्थली नगरपालिका-१३ हर्रेस्थित माध्यमिक विद्यालयमा शिक्षक भई व्यापार व्यवसाय समेत गरिरहेका छन्। 

आफ्नो ऋण तिरिदिने  र केही जग्गा खड्कालाई पास गरिदिने सर्तमा फत्तबहादुर राजी भएर २६ हजार रकम लिए। कृषि विकास बैंकबाट लिएको ५ हजार ऋणको ब्याज तिर्न निस्कँदा बढेर १० हजार पुगेको र छिमेकीबाट लिएको ४ हजारको ब्याज १४ हजार पुगेपछि फत्तबहदुर २६ हजार लिने र आफूसँग भएको दुईवटा कित्ता जग्गामध्ये एक कित्ता छत्रबहादुरलाई पास गर्न राजी भए। 

आफूसँगै रहेको १० रोपनी जग्गा खड्कालाई दिने सहमति गरेको उनको भनाइ छ। आफू अनपढ भएको र खड्काले झुक्याएर १० रोपनी जग्गासँगै जोडिएको अर्को १२ रोपनी जग्गा पनि आफ्नो नाममा नामसारी गराएका कार्कीलाई पत्तै भएन। 

१६ वर्षदेखि खड्काको घरमा घरेलु कामदारका रुपमा काम गरेका कार्कीलाई आफ्नै साहुले यस्तो बदमासी गर्लान् भन्ने विश्वास थिएन। आफ्नो च्यातिएको लालपुर्जा देखाउँदै कार्की भन्छन्, 'म त आफ्नो १२ रोपनी जग्गा होला भनेर ढुक्क थिए तर खड्काले बदमासी गरेको थाहा नै पाइन।'

आफ्नो साहुको कुरामा विश्वास गरी मालपोतमा गई आफू र आफ्नो लेखापढी व्यवसायीले देखाएका ठाउँमा विश्वासपूर्वक सहीछाप गरी ३६ हजार रुपियाँ लिएको उनले बताए। 'मैले मेरो मन्थली नगरपालिका वडा नं १३  फुलासी को ४ (क) कि.नं. १२६ को १० रोपनी १० आना जग्गा छत्रबहादुरको नाउँमा पास गरेँ', उनले भने। 

'जसोतसो  ऋणधनको व्यवहार टारेर पुनः दुःखसुख गरिरहेको थिएँ। यस्तैमा मिति २०७९ साल चैत्र १ गते छत्रबहादुर र अन्य नचिनेका मानिस आई म बसिरहेको घरमा नाप्न थालेपछि के कति कारणले मेरो घर र बारी नापेको हो भनी सोधपूछ गर्दा छत्रबहादुरले नै तैंले मसँग लिएको पैसाबापत मैले यो जग्गा पनि पास गरिसकेको छु, यो घर र जग्गा मैले बेच्ने भएँ, अब तेरी स्वास्नी कहाँ लाने हो लैजा, घर–जग्गा खालि गर भनेर थर्कायो अब म के गरौं', उनले भने। 

दुवैलाई हातपात गरी ७ दिनभित्र घर खाली नगरे ज्यान रहँदैन भनेर धम्की दिएको कार्कीले बताए। 

कार्की अहिले कानुनी उपचारको खोजीमा छन्। मान्छेको सोझोपन र गरिबीको फाइदा लिने खड्का असामाजिक र सामाजिक रुपमा दरिद्र भएको अधिवक्ता सौजन्य प्रसाद सत्याल बताउछन्। 

आफ्नै निरक्षर कामदार र निजकी दृष्टिविहीन श्रीमतीमाथि ज्यानको हमला गर्ने धम्की दिने छत्रबहादुरलाई कर्तव्य ज्यान मुद्दा लाग्ने सत्यालको भनाइ छ। यसबारेमा जानकारी लिन सम्पर्क गर्दा छत्रबहादुर को मोबाइल अफ रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.