‘मिलेमतो’मा ठेक्का

‘मिलेमतो’मा ठेक्का
सुन्नुहोस्

३८ करोड रुपैयाँको ठेक्कामा प्रतिस्पर्धीबीच मिलेमतो भई एक जनाको नाममा

गोरखा : गोरखाको एक कार्यालयले हालै गराएको सडक कालोपत्र गर्ने ३८ करोड रुपैयाँको ठेक्कामा प्रतिस्पर्धीबीच मिलेमतो भइ एक जनाको नाममा ठेक्का पारिएको छ। पूर्वाधार विकास कार्यालय गोरखाले आह्वान गरेको सिम्जुङ–घ्याच्चोक सडक कालोपत्र गर्ने ठेक्कामा इबिडिङ गरेका पाँच व्यवसायीमध्ये ४ व्यवसायी मिलेमतो गरी बाहिरिएर ठेक्का कर्ण–नवकान्तिपुर जेभी महाराजगन्जको पोल्टामा पारिएको हो।

सिम्जुङ–महभीर–घ्याच्चोक सडकको ७.३ किलोमिटर खण्ड कालोपत्र गर्न शिवालय–गोरखा जेभी, काष्ठमण्डप कन्स्ट्रक्सन, कल्पवृक्ष बिल्डर्स प्रालि र नाना–प्यागोडा जेभीले अन्तिम दिन (चैत १३ गते) ठेक्का फिर्ता लिएका कार्यालयले जनाएको छ। चार जना व्यवसायीले टेन्डर फिर्ता गरेपछि कार्यालयले गत १४ गते कर्ण–नवकान्तिपुर जेभीको नाम प्रकाशित गरी टेक्निकल आशयको सूचना जारी गरिसकेको कार्यालयकी सूचना अधिकारी निर्मला बरालले बताइन्। 

सो सडक चौडाइ बढाउने, मेसिनरी तथा ग्याभिन वाल लगाउने र कालोपत्र गर्न कार्यालयले गत माघ २७ गते ठेक्काको सूचना प्रकाशित गरेको थियो। ‘गत माघ २७ गते ३० दिनको म्याद राखेर ठेक्का आह्वन गरेका थियौं। 

सिस्टम नखुलेर चैत १३ गते मात्रै खुलायौं। कर्ण–नवकान्तिपुर जेभीको नाममा टेक्निकल आशयको सूचना पनि जारी भइसक्यो’, बरालले भनिन्, ‘पाँच जनाको दरखास्त परेको थियो। चार जनाले एउटै मितिमा फिर्ता लिनुभयो। कर्ण–नवकान्तिपुरको नाममा परेको रहेछ। यो चाहिँ टेक्निकल मात्र हो। फेरि एक हप्ताको म्याद दिएर हामीले आशयको सूचना निकालेका छौं। यो अवधिभित्र नाम प्रकाशित भएको कम्पनीले आफ्नो कम्पनी दर्ताका कागजातहरू, यसअघि काम गरेको योग्यता, अनुभवका कागजातहरू, बैंक ब्यालेन्ससिट, टर्न ओभर हेर्नुपर्छ। अबको एक हप्तापछि बल्ल 
फाइनान्सियल खोलिन्छ।’ 

फाइनान्सियल खोलेपछि बल्ल स्टिमेट गरेको ३८ करोड ३४ लाख ७५ हजार रुपैयाँभन्दा कति घटेर टेन्डर पर्छ भन्ने थाहा हुने उनले बताइन्। सम्झौता मितिले २ वर्षभित्र कालोपत्र गरिसक्ने गरी ठेक्का खुलाइएको कार्यालयले जनाएको छ। २ करोड रुपैयाँभन्दा कम बजेटको काममा एकै चरणमा ठेक्का पर्ने प्रक्रिया पूरा हुन्छ। सोभन्दा बढी बजेटको योजनामा २ चरणमा ठेक्का प्रक्रिया पूरा हुने उनले बताइन्। ‘दुई करोडभन्दा ठूलो बजेटको ठेक्कामा टेक्निकल र फाइनान्सियल गरी दुई चरणमा ठेक्का प्रक्रिया पूरा हुन्छ। यो ठेक्का पनि पहिलो प्रक्रिया पूरा भयो। अब दोस्रो चरणको बाँकी छ’, सूचना अधिकृत बरालले भनिन्, ‘यहाँ कसरी चार जनाको फिर्ता भयो र एक जनाको मात्र प¥यो हामीलाई थाहा हुँदैन।’

आर्थिक प्रलोभनमा परी पाँच व्यवसायीबीच ठेक्कामा मिलेमतो भएको अनुमान गरिएको छ। कुल ठेक्का रकमको चार प्रतिशत रकम मिलेमतोमा खर्च गरिएको अनुमान छ। ठेक्कामा प्रतिस्पर्धा नगरी मिलेमतो हुँदा कुल स्टमेट रकममा घटाघट नहुने र राजस्वमा समेत नोक्सानी हुने गर्छ। साथै, प्रतिस्पर्धा नगरी मिलेमतोको संस्कृति मौलाएमा निर्माण व्यवसायीको मनोमानी बढ्ने बताइन्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.