ढोरपाटनमा ५ वर्षदेखि बँदेलको सिकार ठप्प

ढोरपाटनमा ५ वर्षदेखि बँदेलको सिकार ठप्प
फाइल तस्बिर।
सुन्नुहोस्

बागलुङ : बैधानिक रुपमा सिकार गर्न पाउने नेपालको एक मात्र सिकार आरक्ष ‘ढोरपाटन सिकार आरक्ष’मा पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुन सकेको छैन।

नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३÷०७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कंडेलले बताए। ढोरपाटनमा हरेक वर्ष दुई पटकसम्म सिकार याम सञ्चालन हुन्छ। पहिलो (असोज–कार्तिक) र दोस्रो (फागुन–बैशाख) याम नाउर, झारल र बँदेलहरूको सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति प्राप्तहरूलाई सिकारका लागि खुल्ला गरिन्छ। हरेक वर्ष नाउर र झारलको सिकार भइरहेपनि ढोरपाटनमा पछिल्लो पाँच वर्षदेखि बँदेलको सिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कंडेलले बताए।

ढोरपाटनमा सिकार गर्नका लागि चार प्रकारको अनुज्ञापत्र (लाईसेन्स) लिनुपर्ने आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए। ढोरपाटनमा वन्यजन्तुको सिकार गर्नका लागि जिल्ला सिकार अनुज्ञापत्र, सामान्य सिकार अनुज्ञापत्र, पुरक सिकार अनुज्ञापत्र र पंक्षित सिकार अनुज्ञापत्र गरी चार किसिमका सिकार अनुज्ञापत्र (लाईसेन्स) र अन्य इजाजतपत्र (परमिट) लिनुपर्छ। आरक्षमा नाउर र झारल सिकार गर्न पुरक सिकार अनुज्ञापत्र र रतुवा, मृगको सिकार गर्न सामान्य सिकार अनुज्ञा पत्र लिनुपर्ने आरक्षका प्रमुख संरक्षण अधिकृत कंडेलले बताए।

ढोरपाटनमा गत आर्थिक वर्ष २०७८÷०७९ देखि नाउर र झारलको सिकार गरेपनि बोनसको रुपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत कंडेलले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजन (फागुन–वैशाख)मा १२, नाउर, ९ झारल र ११ बँदेलको अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएपनि बँदेलको सिकारको लागि सिकारीले इच्छा नदेखाएको प्रमुख संरक्षक अधिकृत कंडेलले बताए। उनले यस वर्षको अघिल्लो सिजन (असोज–कार्तिक)मा २ जना नेपालीले बोलपत्र स्वीकृत भएपनि सिकार गर्न नआएको बताए। ‘अघिल्लो सिजन बोलपत्र स्वीकृत भएपनि बँदेल सिकारको लागि सिकारी आएनन्,’ संरक्षण अधिकृत कंडेलले भने, ‘यस वर्ष अहिलेसम्म बोलपत्र स्वीकृत भएको छैन। सायद सिकारीहरू यो सिजनमा पनि नआउने निश्चित देखिन्छ।’ पहिले नाउर र झारलको सिकार गरेवपात बोनसका रुपमा रतुवा र बँदेल एक÷एक वटा सिकार गर्न दिइने गरेपनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताए। उनले अहिले बँदेलको सिकारका लागि पनि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीहरूले इच्छा देखाएका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.