कतै ‘रेमल’ चक्रवात, कतै हिटवेभ

तातो हावामा रापिँदै लुम्बिनी र सुदूरपश्चिम

कतै ‘रेमल’ चक्रवात, कतै हिटवेभ
फाइल तस्बिर।
सुन्नुहोस्

कोशी प्रदेशमा ‘रेमल’ चक्रवातको प्रभाव यथावत् छ भने अन्य भेगले हिटवेभको सामना गरिरहनु परेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नै ‘रेमल’ चक्रवातको आंशिक प्रभाव परेको जनाएको छ। यसको प्रभाव कतिन्जेल रहन्छ भन्न नसकिने मौसमविद्ले जनाएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्– ‘चक्रवातको प्रकृतिअनुसार त्यसको प्रभाव रहन्छ। रेमल चक्रवात शक्तिशाली र गम्भीर छ। यसको प्रभाव पनि केही समय रहन सक्छ।’ रेमल चक्रवातको ल्यान्डफल (जमिनमा पुग्ने समय) आइतबारबाट नै भएको हो। भारतको पश्चिम बंगाल र बंगलादेशको समुद्र तटमा ल्यान्डफल भएको हो। नेपालमा त्यहाँको बादल मात्रै आए पनि बंगलादेश र भारतमा बढी समस्या देखिएको लामिछानेले बताए। ‘ल्यान्डफलपछि चक्रवात विस्तारै कमजोर बन्दै जान्छ। समुद्रबाट पाउन सपोर्ट सिस्टम र इनर्जी कमजोर हुँदै जान्छ। तर, कुनै चक्रवात अन्य खालका सपोर्ट सिस्टम भेटेको खण्डमा पुन बादल बन्ने, पानी पार्ने हुन्छ’ लामिछानेले भने, ‘ल्यान्डफल भए पनि केही समय समुद्रबाट आएको जलवाष्पयुतm हावाका कारण आँधीबेहरी, हावाहुरी, पानी पर्ने हुन्छ। तर, जमीनमा गएपछी कमजोर नै हुन्छ। 

विशेषगरी कोशी प्रदेशमा ‘रेमल’ चक्रवातको प्रभाव देखिए पनि काठमाडौंमा समेत चक्रवातले हल्का बादल र पानी ल्याएको छ। पश्चिम बंगालबाट आएको बादल र स्थानीय बादल बनिरहेकाले कोशी प्रदेशमा गए राति मात्रै ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको उनले जनाए। नेपालका अन्य भूभागमा पनि बदली भएको छ। सोमबार मध्याह्नतिर अन्य स्थानमा पनि बादल बन्ने र पानी पर्ने क्रम यथावत् रहेकाले यसलाई रेमल चक्रवातको अप्रत्यक्ष प्रभाव मानिएको उनले बताए। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद न्यौपानेका अनुसार रेमल चक्रवातको असर पूर्वी नेपालमा धेरै देखिएको छ। त्यसले कोशी र मधेश प्रदेशमा भारी वर्षा गराउनुका साथै मध्याह्नमा गण्डकी र बागमतीमा समेत मेघगर्जनसहित वर्षा गराएको थियो। 

सामान्यतः जुन १३ मा मनसुन भित्रिने भए पनि कहिलेकाहीँ दुई-चार दिन तलमाथि हुन्छ। यस वर्षको मनसुनलाई रेमल चक्रवातले प्रभाव पार्न सक्ने महाशाखाका मौसमविद्, लामिछानेले बताए। हाल मनसुनले भित्रिँदै गरेकाले यस विषयमा पूर्वानुमान महाशाखाले अध्ययन गरिरहेको बताए। 

तातो हावामा रापिँदै लुम्बिनी र सुदूरपश्चिम

कोशी, मधेस, बागमती, गण्डकी लगायतका प्रदेशमा चक्रवातको कारण वर्षाले शीतल ल्याए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश यतिबेला तातो हावामा रापिएको छ। जल तथा मौसम विज्ञान विभागले आइतबार नै विज्ञप्ति जारी गर्दै कम्तीमा मंगलबारसम्म यो क्रम यथावत् रहने जानकारी गराएको छ। 

लुम्बिनीको पश्चिमी तराई, सुदूरपश्चिम प्रदेशको तराई भूभागको तापक्रम ४० डिग्री आसपास रहेको छ। त्यहाँ गर्मी एकदमै बढिरहेको छ। त्यहाँको मौसममा फेरबदल आएर बादलले ढाकेर केही सहयोग गरेमा तापक्रम कम हुनसकने भए पनि मंगलबारसम्म हिटवेभ यथावत् रहने मौसमविद् लागिछानेले जनाए। 

उनका अनुसार दुई दिन लगातार ४० डिग्री वा सोभन्दा बढी तापक्रम भएमा र  तापक्रम घटने संभावना नहुने देखिएमा हिटवेभको अलर्ट जारी गरिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा त्यही अवस्था भएको उनले जनाए।  

(मार्च, अप्रिल र मे) प्रिमनसुन र मनसुनको सुरुवाती चरणमा हिटवेभ हुन्छ। पानी पार्ने बलियो प्रणाली नभित्रिएसम्म कहिलेकाहीँ तातो लहर रहिरहने गर्छ। मनसुन पूर्वबाट भित्रिएर पश्चिममा पुग्न समय लागेको खण्डमा कहिलेकाही पश्चिममा पनि हिटवेभ हुनसक्छ। यो समय नै हिटवेभको भएकधाले सतर्क हुन विभागले सुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.